कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले मानव वमलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिको जिम्मेवारी सुम्पिएको हो।
निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा प्रदिप खड्का, उपाध्यक्षमा तुलाराज शाही ९राज०, महासचिवमा भरत बहादुर डाँगी, सचिवमा नविन कुमार थापा, कोषाध्यक्षमा मनोज कुमार सिंह तथा सहकोषाध्यक्षमा सिमिला खड्का निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा मन बहादुर चँदरा, ठान बहादुर भण्डारी, रतन बहादुर शाही, खड्क बहादुर शाही तथा पिछडिएको क्षेत्रतर्फबाट ध्वज बहादुर शाही निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष मानव वमसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई निर्माण व्यवसायीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवगठित नेतृत्वले निर्माण व्यवसायीहरूको हकहितको संरक्षण, संस्थागत सुदृढीकरण तथा कर्णाली प्रदेशको पूर्वाधार विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।


