१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुल्यो


1.1k
Shares

काभ्रेपलाञ्चोक । कारसहित बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ । सिन्धुलीमा सडक किनारमा रोकिराखेको कारलाई बसले ठक्कर दिँदा कारसहित सुनकोशी नदीमा बेपत्ता हुनेमा सबै सिन्धुपाल्चोकका रहेको बुझिएको छ ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल-७ का पूर्ववडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १ डुड्भञ्ज्याङका गणेश थापा र तीनपाटन गाउँपालिका-९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेको प्रहरीले जनाएको छ ।
फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब साढे १० बजे सडक किनारमा रोकिराखेको कारलाई बसले एक्कासि ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको गोताखोर टोलीले उनीहरूको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया