१७ श्रावण २०८३, आइतबार | August 2, 2026

व्यवहारबाट विश्वास खोज्दै जनता, इमानदार नेतृत्वको पर्खाइमा


2.1k
Shares

काठमाडौं, १७ साउन । राजनीतिक विश्लेषक विष्णु पन्थीले अहिले जनताले राजनीतिक दलको नेतृत्व कसले गर्छ भन्नेभन्दा पनि जनताका एजेण्डा व्यवहारमै सम्बोधन हुने अपेक्षा गरेको बताएका छन्।

उनका अनुसार जनताको नाममा राजनीति गर्ने तर जनताबाट टाढिँदै मुठ्ठीभर दलालको प्रभावमा परेका नेतृत्वका कारण नागरिकमा असन्तुष्टि मात्रै होइन, आक्रोशसमेत बढ्दै गएको छ।

पन्थीले प्रसिद्ध भनाइ उद्धृत गर्दै भनेका छन्, ‘विरालो जुनसुकै रङको होस्, मुसा मार्नुपर्छ।’ अर्थात् नेतृत्वको अनुहारभन्दा पनि परिणाममुखी काम नै जनताको प्राथमिकता बनेको उनको तर्क छ।

उनले केवल पद जोगाउने वा व्यक्तिगत स्वार्थमा केन्द्रित नेतृत्वप्रति जनताको विश्वास कमजोर भएको उल्लेख गर्दै जनकल्याणका लागि घोषित सिद्धान्तलाई व्यवहारमा उतार्ने इमानदार नेतृत्वलाई मात्रै जनसमर्थन प्राप्त हुने बताएका छन्।

पन्थीको निष्कर्ष छ— विचार र सिद्धान्त भाषणमा होइन, आचरण र व्यवहारमा देखिएपछि मात्र जनताले राजनीतिक नेतृत्वमाथि पुनः विश्वास गर्नेछन्।

प्रतिक्रिया