६ श्रावण २०८३, बुधबार | July 22, 2026

कार आगलागी: ७० वर्षीय श्रेष्ठले आत्मदाह गरेको प्रहरी निष्कर्ष


747
Shares

काठमाडौ. । मंगलबार आफैँले गाडी चलाएर ट्याङ्लाफाँटस्थित सुम्लाङकोटको खाली ठाउँमा गाडी राखेर ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले गाडीभित्रै पेट्रोल छर्किएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

मंगलबार बिहान सुरेशचन्द्रले गाडी पार्किङ गर्ने ठाउँमा राखेर गाडीभित्रै आगो लगाएका थिए ।

त्यसमाथि कम्मरमा बाँधेको सीट बेल्ट पनि खोलेका थिएनन् । सीसीटीभी फुटेजमा देखिएअनुसार एक प्रत्यक्षदर्शी पुरुषले गाडीको ढोका खोल्न त भ्याए, तर आफ्नै हातमा आगो लागेपछि उनी भागे ।

ढोका खुलिसक्दा पनि चालक सीटमा बसेका श्रेष्ठ बाहिर निस्किएनन् । प्रहरीले आगो निभाएपछि उनी चालक सीटमै मृत फेला परेका थिए ।

 

प्रतिक्रिया