२७ वर्षीया महिलाले किन गरिन आत्मदाहको प्रयास !
काठमाडौं । काठमाडौंको बौद्धमा एक महिलाले सोमबार आत्मदाह प्रयास गरेकी छिन् । खाजाघर सञ्चालन गर्दै आएकी ति महिलाको आगोबाट ५० प्रतिशत जलन भएको छ ।
काभ्रे, तिमाल स्थायी घर भई बौद्ध बस्ने २७ वर्षीया सालु गुरुङले बौद्ध गेटअगाडि बेलुकी पौने ४ बजे आत्मदाह प्रयास गरेकी हुन् । जिल्ला प्रहरी काठमाडौंका अनुसार हाल उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।
घटना भएलगत्तै गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । स्थित गम्भीर भएपछि कीर्तिपुर लगिएको हो । विवाहित गुरुङ बौद्धमै खाजा घर चलाउने गर्दछिन् । आत्मदाह प्रयासको कारण खुलेको छैन ।


