४ श्रावण २०८३, सोमबार | July 21, 2026

देउवा समूहले अघि सार्‍यो पाँच बुँदे प्रस्ताव,मिल्ला त विवाद ?


415
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह (नियमित महाधिवेशन पक्षधर) ले पाँच बुँदे ठोस प्रस्ताव अगाडि सारेको छ ।

समूहले सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै ५ बुँदे प्रस्ताव अघि सारेको हो ।

यस्ता छन् पाँच बुँदे प्रस्ताव– 

(क) चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

(ख) सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।

(ग) पूनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौ महाधिवेशनको कार्यतालिका घोषणा   गर्ने ।

(घ) वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्वन्धित विभिन्न समितिहरू  बनाउने ।

(ङ) महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने ।

प्रतिक्रिया