राजनीतिक विश्लेषक रायमाझी सम्मानित
काठमाडौं । नेपालको पहिलो निजी समाचार टेलिभिजन सगरमाथा टेलिभिजन नेपालको पहिलो निजी समाचार टेलिभिजन सगरमाथा टेलिभिजन ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा राजनीतिक विश्लेषक तथा समाजसेवी प्रकाश रायमाझीलाई सम्मान गरेको छ।
शनिबार काठमाडौंमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उहाँले पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै रायमाझीलाई सम्मान प्रदान गरिएको हो।
सगरमाथा टेलिभिजनले पत्रकारिता, सामाजिक चेतना, विश्लेषणात्मक विचार र जनहितका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। सोही परम्पराअनुसार रायमाझीलाई यस वर्ष विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
सम्मान ग्रहणपछि रायमाझीले सगरमाथा टेलिभिजनप्रति आभार व्यक्त गर्दै समाज रूपान्तरण र सकारात्मक चेतना फैलाउने अभियानमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सञ्चारकर्मी, राजनीतिक व्यक्तित्व, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


