८ असार २०८३, सोमबार | June 22, 2026

यसरी पक्राउ परेका थिए एमालेका उपाध्यक्ष विष्णु पौडेल


830
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा तथा रामबहादुर थापा ‘बादल’ समेत सहभागी रहेका थिए।

प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेल नेतृत्वको टोलीले उनलाई सरकारी गाडीमार्फत नेपालगञ्ज लगेको जनाएको छ।

सुर्खेतबाट काठमाडौंका लागि तत्काल सिधा हवाई उडान उपलब्ध नभएकाले उनलाई सडकमार्ग हुँदै नेपालगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ। त्यहाँबाट आजै काठमाडौं पठाउने तयारी गरिएको छ।

पक्राउबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया