सुदुरपश्चिमका मुख्यमन्त्रीविरुद्ध कांग्रेसकै सांसदहरुले दर्ता गरे अविश्वास प्रस्ताव
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। शाहकै दल नेपाली कांग्रेसका बहुमत सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्।
नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको एक कांग्रेस सांसदले बताए ।
उनका अनुसार ९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

