रवि लामिछानेसँगै को को जादैछन् भारत ?
काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् ।
उनी भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् । लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् ।
रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए । लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग पनि अन्तर्क्रिया गर्ने तालिका छ । लामिछाने व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्यासमेत जाने तालिका छ ।
लामिछानेको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन् ।

