बैंकका सीईओ पक्राउ : राष्ट्र बैंकलाई नै थाहा थिएन ?
नेपालको बैंकिङ क्षेत्रमा ठूलो तरंग ल्याउने घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का सीईओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको विषयले नयाँ विवाद जन्माएको छ।
स्मार्ट टेलिकमको टावर र उपकरण लिलामी प्रकरणमा अनुसन्धान गर्दै सीआईबीले पाण्डेलाई सिन्धुलीबाट नियन्त्रणमा लियो। तर सबैभन्दा चासोको विषय के बनेको छ भने—राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा रहेको वाणिज्य बैंकका सीईओ पक्राउ पर्दा नेपाल राष्ट्र बैंक लाई पहिले जानकारी नै दिइएन१
स्रोतका अनुसार पक्राउपछि मात्रै सीआईबी प्रमुख डा। मनोज केसीले गभर्नर डा। विश्वनाथ पौडेललाई फोन गरेर मौखिक जानकारी गराएका थिए।
अब प्रश्न उठेको छ—
बैंकले खराब कर्जा उठाउन धितो लिलाम गर्नु कानुनी अधिकार हो भने पक्राउ किन ?
सीईओमाथि धितो लिलाम बाहेक अन्य के आरोप छन् ?
के बैंकिङ प्रणालीमाथि नै दबाब सिर्जना गर्न खोजिएको हो ?
राष्ट्र बैंकका एक उच्च अधिकारीले भनेका छन्—“खराब कर्जा असुलीका लागि धितो लिलाम गर्नु बैंकको नियमित काम हो। यस्तो विषयमा पक्राउ नै हुनु गम्भीर कुरा हो।”
उता सीआईबीको दाबी भने फरक छ। सीआईबी प्रमुखका अनुसार पाण्डेमाथि धितो लिलामभन्दा बाहिरका विषयमा पनि अनुसन्धान भइरहेको छ र उनी भारत भाग्न सक्ने आशंकामा तत्काल पक्राउ गरिएको हो।
यो घटनाले अहिले नेपालको बैंकिङ क्षेत्र, नियामक निकाय र अनुसन्धान एजेन्सीबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ।
अब हेर्न बाँकी — यो अनुसन्धान केवल कानुनी प्रक्रिया हो कि बैंकिङ क्षेत्रलाई नै हल्लाउने ठूलो प्रकरण ?

