२० बैशाख २०८३, आइतबार | May 3, 2026

रास्वपा सचिवालय बैठक बस्दै


498
Shares

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो ।

पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ

प्रतिक्रिया