पूर्णबहादुर खड्कालाई कारबाहीको तयारी
काठमाडौं । पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको तयारी गरेको छ । खड्काले ‘कावा सभापति’कै हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि कांग्रेस कारबाहीको तयारीमा लागेको हो ।
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दैछ । त्यसअघि ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याडमा विज्ञप्ति निकालेपछि अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो ।
केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको बैठकले खड्काको नाम उल्लेख नगरी अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेसको विधान,२०१७ ९संशोधनसहित० र प्रचलित नेपाल कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।


