२८ चैत्र २०८२, शनिबार | April 12, 2026

नेपाल इन्सुरेन्स सर्वेयर संघको अध्यक्षमा ऋषि कोइराला निर्वाचित


3.5k
Shares

काठमाडौं । नेपाल इन्सुरेन्स सर्वेयर संघ (निसा) को अध्यक्ष पदमा इ.ऋषि कोइराला निर्वाचित भएका छन्। संघको १०औँ अधिवेशनबाट उनी अध्यक्ष पदमा विजयी भएका हुन्।

कोइराला सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएसन ९एनभिए० का निवर्तमान अध्यक्ष समेत हुन्। उनी एनभिएका संस्थापक महासचिव पनि हुन्। कोइरालाले महासचिव पदमा तीन कार्यकाल सफलतापूर्वक बिताएका थिए भने त्यसपछि लगातार तीन कार्यकाल अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका थिए।

भ्यालुयर्स इन्जिनियरहरू एकीकृत नभएको अवस्थामा उनीहरूले भोग्दै आएका बैंकिङ तथा वित्तीय समस्याको समाधानका लागि कोइरालाले उल्लेखनीय भूमिका खेलेका थिए। बैंकहरूले मूल्यांकनकर्ता इन्जिनियरहरूलाई दिँदै आएका विभिन्न झन्झट र समस्याविरुद्ध आवाज उठाउँदै, भ्यालुयर्सहरूलाई एकताबद्ध गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

एनभिएको नेतृत्वमा रहँदा उनले बैंक तथा वित्तीय संस्थाहरूमा मूल्यांकन शुल्क, ढाँचा र सम्झौतामा एकरूपता ल्याउन पहल गरेका थिए। यस योगदानका कारण उनलाई एनभिएले ‘भ्यालुयर्सको माइलस्टोन’ का रूपमा चित्रण गर्दै आएको छ।

उनको कार्यकालप्रति शुभकामना व्यक्त गर्दै एनभिएका अध्यक्ष इ.संजय महतो र सचिव इ. रबिन्द्र अधिकारीले एनभिएमा हासिल भएको सफलताजस्तै निसाले पनि उनको नेतृत्वमा उल्लेखनीय प्रगति गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया