१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

काठमाडौंका पूर्व सिडिओ छविलाल रिजाल किन पक्राउ परे ?


249
Shares

काठमाडौँ — काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् ।

बानेश्वरस्थित निवासबाट उनलाई मंगलबार बिहान पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ अनुसार फौजदारी कसुरमा कारबाही सिफारिस गरिएको थियो ।

दफा १८२ मा ‘हेलचक्य्राइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीका हकमा वेग्लै अध्ययन समिति गठन गरेर त्यसको सिफारिसअनुसार गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया