१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आज फेरि बाटो बिर्सिएर हामी प्रतिशोधतिरै गएका त होइन ?


1.1k
Shares

संजिव गुरुङ्ग । नेपाल राष्ट्र निर्माणसँगै इतिहासले देखाएका विभिन्न चरणहरु समय सापेक्षिक जनताले भोग्दै आएको यथार्थ थियो । कहिले कसको शासन त कहिले कसको हरेक समयसँगै नागरिकले देख्दै आएको भोग्दै आएको अनि महसुस गर्दै आएको शासन पद्धतिहरु एकपछि अर्को रबाफ र प्रभावका समय सापेक्षिकव्यवस्थाहरू भोग गरेका थियौँ।

हरेक समयमा व्यवस्थासँग असन्तुष्ट रहँदा सत्तासँग असन्तुष्ट रहँदा विभिन्न पर्वहरूभएका थिए र जब राजनीतिक दलहरू स्थापित भए त्यसपछि पनि समय सापेक्षिक आन्दोलनहरु भएको देखिन्छ। आन्दोलन सँगसँगै हत्या हिंसा आतंक जस्ता क्रियाकलापहरु समाजमा देखिएको थियो।यसै सन्दर्भलाई हेर्ने हो भने २००७ सालपछि राजनीतिक दलहरू स्थापित भई देशमा फरक व्यक्ति फरक ढाँचा व्यवस्थाहरु देखिएको थियो सोही व्यवस्था अन्तर्गत चित्त नबुझेकाहरूबाट उद्दण्ड मच्छिएको उदाहरणहरू धेरै थियो।

कहिले के को बहानामा कहिले के को बहानामा देशमा अशान्ति मचिएको यथार्थ थियो।धेरैले आफ्नो बलिदानी दिएको थियो र त्यो बलिदानीपछि प्राप्त परिवर्तनको आशा सधैं प्रतिशोधको मात्र थियो। अनि सर्वसाधारण सधैँ निराशामा थिए। अहिले २०८२ सालभदौ २३ र २४ गते पनि नेपाल भूमिमा बिर्सन नसकिने विध्वंस को रुपमा घटना घट्यो।नयाँ युवा पुस्ताहरूले बलिदानी दियो र त्यो बलिदानीलाई भर्याङको रुपमा प्रयोग गरीफेरि कसैको हातमा सत्ता आइपुग्यो।

यो सत्ता समय सापेक्षिक फरक थियो। लगभग दुई तिहाई पुग्न लागेको सत्ता युवा पुस्ताको जोशसँग जनताको ठूलो आशा र भरोसा छ १ तर सम्पूर्ण बिग्रिएका हाम्रा कूटनीतिक सम्बन्धहरू स्थापित गर्ने बेला पुराना नीति नियमहरू नयाँ रूपले परिमार्जित गरी सल्लाह सुझावसहितको नीति निर्माण गरीदेशलाई फरक गतिमा कुदाई देश र जनहितलाई सिरोपर गरी जनताको अवस्थालाई बुझेर नयाँ नेपाल निर्माण गर्नेसमय यही थियो तर हामी कतै बाटो बिराएको पो हौ कि रुहामीले गर्नुपर्ने सुशासनका कामहरु धेरै छ हामीले बदल्नुपर्ने नीतिहरू धेरै छ।

आज फेरि बाटो बिर्सिएर हामी प्रतिशोधतिरै गएका त होइन रु भन्ने गरिन्छ कहिलेकाहीँ आवेगमा ठूलो खाडल खनिन्छ अनि त्यो खाडल पुर्न नसक्दा फेरि हामी त्यही खाडल भित्र फस्छौ र निस्कन सक्दैन । आज हामीक्षणिक स्वार्थ र पदलाई अनावश्यक तौरबाट प्रयोग गर्दा त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।आज यो देशमा विज्ञको कुनै कमी छैन।

कहिलेकाहीँ सत्तामा बसेकाहरुले सबैको भनाइलाई सिरोपर गरी सल्लाह र सुझाव सुन्ने हिम्मत गर्नुपर्छ।र यो देशमा जहिले हामीले देखेका व्यक्तिका सरकार १ त्यसलाई चिर्न सक्नुपर्छ। र हामीले जनताको सरकार छ भन्ने महसुस गर्न पाउनुपर्छ जय नेपाल भूमि

प्रतिक्रिया