बालेन शाह प्रधानमन्त्री नियुक्त
काठमाडौं। १३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी छ।
राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२स्३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो।



