विदुषीको टेस्ला- कहिले रातो कहिले निलो प्लेटमा सरर, कानूनको ‘बालै फरर’
विदुषी राणा घोडा चढुन् कि, धुरी चढुन् कि टेस्ला हामीलाई मतलब भएन । राम्री छन्, गोल्डस्टारकी मालिक्नी हुन् । रास्वपाबाट समानुपातिक टिकट ल्याइन्, सांसद बनिन् । देशको सेवा गर्न राजनीतिमा आएकी हुँ भन्दैछिन्, एकछिनका लागि त्यो पनि पत्याइदिउँ ।
तर, कानूनी राज्यमा उनले देशको कानूनमाथि चढेर बलफ्जती गर्नु भएन । उनीसँग करिब डेढ करोड बढी पर्ने टेस्लाको मोडेल ३ कार छ । तर, त्यसमा लाग्ने नम्बर प्लेट भने फरक(फरक दुई वटा छ ।
अहिले राजसी ठाँटसँग हिडिरहेकी उनको गाडीको रातो नम्बर प्लेट बागमती प्रदेश(०१ ०२७ च १११ हो । तर, एक वर्षअघि उनको त्यही गाडीको नम्बर प्लेट निलो ९कूटनीतिक० थियो (३८५ एचसीसी १ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा स्पष्ट लेखिएको छ( कुनै पनि सवारी साधन जुन प्रयोजनका लागि दर्ता भएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्छ । एउटै सवारी साधन दुई फरक वर्ग ९कूटनीतिक र निजी० मा एकैसाथ दर्ता हुन सक्दैन । तर, उनको टेस्ला भने दुई फरक वर्गमा एकैसाथ दर्ता हुन सक्ने रहेछ, कैले रातो कैले निलो रु छैन त अचम्म रु
अझ, अर्को तथ्य भनूँ । सुलभ अग्रवालले निलो नम्बर प्लेटको गाडीमा तस्करी गरिएको थर्मल गन बेच्न हिड्दा जेल गएका बेला सरकारले निर्णयनै गरेर अवैतनिक दूतहरूको कूटनीतिक नम्बर प्लेट र झन्डा खोसेको थियो । यो निर्णय कोभिड शुरू भएलगत्तै २०७६ को चैत २७ गते आएको थियो ।
त्यसको ५ वर्षपछि विदुषी आइसल्याण्डकी अवैतानिक दुत बनिन् । अब निलो नम्बर प्लेट भएको गाडी चढ्न रहर लागेसी सरकारको निर्णय के मानिरहनु हैन त ?
खासमा निलो नम्बर प्लेटको गाडीमा ल्याएका सामान खानतलासी गर्न पाइँदैन । कूटनीति सञ्चालनसम्बन्धी भियना महासन्धिमा उल्लेखित कूटनीतिक उन्मुक्तिको प्रावधानअनुसार नीलो नम्बर प्लेटका गाडीहरूमा सम्बन्धित देशका सुरक्षा निकायले चेकजाँच गर्न पाउँदैन । यो गाडीमा चढ्ने मान्छे ‘सुपरम्यान’ हुने भए ।
विदुषी जस्ताले सरकारको निर्णयविपरित यसरी एउटै गाडीमा आवश्यकताअनुसार फरक(फरक नम्बर प्लेट झुन्ड्याएर हिंड्न थालेपछि यही सरकारले गत असोज २४ गते अवैतनिक कन्सल जनरलरकन्सुलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९ नै परिवर्तन गरेर कानूनी रूपमै फिर्ता लिन बाध्य भएको छ।
जवाफ आए नि नआए नि, प्रश्न चाहिँ सोधिराखौं है ।🙏
इश्वर अर्यालको फेसबुकवालबाट


