२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

शंकर पोखरेलको कोर टिमका कारण एमालेको लज्जास्पद हारःनरेश रोकाया


0
Shares

सो समूहमा बिष्णु रिमाल,राजन भट्टराई,भानुभक्त ढकाललगायतका नेता रहेको उनीहरुको दावी छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –यसपटकको आमनिर्वाचनमा नेकपा ९एमाले० को लज्जास्पद पराजयको मुख्य जिम्मेवारी कार्यकारी नेतृत्वको हो । नेतृत्व भनेको अध्यक्ष मात्रै होईन, सिङ्गै सचिवालय हो । सचिवालय भित्रपनी मुल नेतृत्वलाई गुमराहमा राखेर आफुअनुकुलको निर्णय गराउन मुल भुमिका खेल्ने कोर समुहको स्वार्थकेन्द्रीत निर्णयका कारण हाम्रो गौरवशाली पार्टि अत्यन्तै लज्जास्पद पराजयको शिकार बन्न पुगेको हो ।

निर्वाचनमा प्रतिस्पर्धाको निम्ति तयार रहन हार्दिकता र एकताको सर्वाधिक खाँचो रहन्छ, तर हाम्रो पार्टीमा ओठे एकता मात्रै रह्यो । महाधिवेशनमा देखिएको पक्षधरतालाई पार्टी जिवनको लोकतान्त्रीकरण बिषय ठान्नु पर्नेमा वर्गसंघर्ष ठानियो । निर्वाचन बिशेष कार्यविभाजन, समानुपातिक बन्दशुची, राष्ट्रिय सभाका उम्मेदवार र प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार को टिकट वितरण लगायतमा गरिएको, देखिएको विभेद यसका जलन्त उदाहरण हुन ।

जेन्जी बिद्रोहमा केही सबल पक्ष थिए र थुप्रै दुर्वल पक्ष हरु थिए । हाम्रो पार्टिले सबल पक्षको प्रशंसा र अपनत्व गर्न छोडेर दुर्वल पक्षमाथी एकोहोरो कटाक्ष मात्रै गर्नाले उक्त उमेर समुहको मत सर्लक्कै हाम्रो विरुद्धमा प्रयोग भयो । जसको फलस्वरूप ईतिहासकै सर्वनाक पराजय हामिले भोग्नुपर्यो । नयाँ पुस्ता ईतिहास भन्दा वर्तमान र वर्तमान भन्दा भविष्य केन्द्रीत देखियो, हाम्रो पार्टिले ईतिहासमा खेलेको गौरवशाली भुमिकाको पुरस्कार स्वरुप झण्डै १५ लाख समानुपातिक मत प्राप्त भयो । वर्तमान समयमा देखिएको भुमिका मन नपरेका कारण थप मत प्राप्त हुन सकेन । भावी एजेण्डा भन्दा वर्तमान समयको अनुभुतीलाई नयाँ पुस्ताका मतदाताले प्रमुख मुद्दा बनाए, फलस्वरूप हामी पछारियौ । भावी नीति तथा कार्यक्रमहरु ९चुनावी एजेन्डा० मुलभुत रुपमा सम्पुर्ण पार्टीका समान खालका रहेकाले मतदाताले उक्त बिषयलाई खासै मध्यनजर गरेनन् मात्रै एकल पार्टीको बहुमतको सरकार निर्माणका निम्ति नयाँ भनिएको रास्वपालाई मतदान गरेर परिवर्तन खोजेको स्पष्ट प्रमाण देखाईदिए ।

लोकतन्त्रमा दलहरु प्रधान हुन्छन, दलिय प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने दलहरु जिउँदो रहन्छन । राजनीतिक दलहरु जिउँदो रहन दलका नेताहरु जननिर्वाचित हुनुपर्दछ । पटकपटक जनताबाट पराजित नेताहरुले दलको नेतृत्व गर्न सुहाउँदैन, जननिर्वाचित नेतृत्वले मात्रै राजनीतिक दलको नेतृत्व गर्ने नैतिक अधिकार प्राप्त गरेका हुन्छन ।
तसर्थ, पटकपटक जनतावाट पराजित नेताहरुले पार्टीको मुख्य जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्दछ । पार्टिलाई पुनर्जीवित र पुनर्स्थापित गर्न तपाईंहरुको राजिनामाले ठोस भुमिका खेल्नेछ । धन्यवाद ।
नरेश रोकाया
केन्द्रीय सदस्य
नेकपा ९एमाले०

प्रतिक्रिया