स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बन्नबाट रोक लगाउन सक्ने त्यो रंगीन साँझ…
तनहुँमा चुनावी अभियानका क्रममा कुनै एक दिन साँझ ‘हल्का रमाइलो’ मुडमा रहेका वाग्लेले क्लोज साथीहरूसँग एउटा अचम्मको कुरा बोले । रविको मुद्दामा कुनै भर नभएको र बालेनले झापामा जित्न नसक्ने, अनि त आफैं हो अब रास्वपाको नेतृत्व भन्दै अट्टाहास गरे ।
सहभागीहरू साथीहरूले ताली पिटे । त्यसैका लागि अर्को ‘चियर्स’ भन्दै ग्लास ठोक्काए । त्यो दिन बित्यो । देशैभर घन्टीको व्हीम आएकाले आफूले जित्ने ढुक्क हुँदै सुतेका स्वर्णिमले सपनामा ‘विजय जुलुश, अर्थमन्त्रीको सपथ र त्यसलगत्तै देश बनाउन हिंडेको’ देखे होलान् ।
तर, कथाले रोचक मोड लियो । बालेन शनिवार तनहुँ आउने कुरा अघिल्लो दिन (शुक्रवार, फागुन १)देखि नै चर्चामा थियो । समर्थकहरू खुसी थिए । तर, बालेन लागे गोरखाबाट सिधै पोखरा ।
शनिबार लमजुङ पुगेर डुम्रे हुँदै तनहुँका कार्यकर्तासँग भेट गर्ने र त्यसपछि पोखरा जाने कार्यक्रम तय भएपनि तर, बालेनले लमजुङको कार्यक्रमसमेत नगरी साँझ ८ बजे गोरखाबाट सिधै पोखरा लागे । त्यसपछि बालेन फर्किएर तनहुँ गएनन् ।
कारण थियो, त्यो साँझको रंगीन गफ । स्वर्णिमको overconfidence हुरुरु बालेनसम्म पुगिहाल्यो । त्यसपछि बालेन न हुन्, उनलाई अरू के चाहियो रु यसअघि रविले स्वर्णिमलाई सार्वजनिक रूपमै ‘बजेट लेख्न’ आदेश दिएपछि स्वर्णिममा बढेको कन्फिडेन्स बालेनलाई मन परेको थिएन ।
अहिले यो वा त्यो हिसाबले स्वर्णिमले बोल्दै नबोलेको कुरालाई बोलेको भन्दै सामाजिक सञ्जालहरूमा फैल्याइएको छ । यो कडी पनि त्यहीं गएर जोडिन्छ ।
नोट: यो जानकारीका लागि आवश्यक स्रोतहरूसँग कुरा गरिएको छ । तर स्वर्णिम नजिकका एक व्यक्तिले भने कुरा त्यसो नभएको दाबी गरेका छन् ।

इश्वर अर्यालको वालबाट


