२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भयरहित र उत्सवमय वातावरणमा निर्वाचन हुनुपर्छ : विश्लेषक रायमाझी


2.2k
Shares

काठमाडौं, २१ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले निर्वाचन भयरहित, स्वतन्त्र र खुला वातावरणमा हुनुपर्ने बताएका छन्। जनताले आफ्नो मताधिकार प्रयोग गर्दा कुनै पनि प्रकारको त्रास, दबाब वा राज्य आतंकको सामना गर्न नपरोस् भन्ने जनचाहना हुनुपर्ने उनले उल्लेख गरे।

उनका अनुसार कुनै पनि व्यक्तिमाथि गोली चलाउनुपर्ने अवस्था सिर्जना हुने निर्वाचन देशका लागि सर्वस्वीकार्य हुन सक्दैन। “निर्वाचनमा जनताको एक थोपा रगत पनि बग्नु हुँदैन,” उनले भने, “निर्वाचन उत्सवमय वातावरणमा सम्पन्न हुनुपर्छ।”

रायमाझीले त्रास र दबाबमा गरिने निर्वाचनले मुलुकलाई दीर्घकालीन राजनीतिक स्थायित्व दिन नसक्ने चेतावनी दिए। उनले ओखलढुङ्गा लगायत विभिन्न स्थानमा भइरहेको झडपलाई सामान्य रूपमा लिन नसकिने बताए।

भयरहित र स्वस्फूर्त रूपमा मताधिकार प्रयोग गर्ने जनताको नैसर्गिक अधिकारलाई कुण्ठित गर्न कुनै पनि कठपुतली सरकारले नपाउने उनको भनाइ छ। साथै उनले केही व्यक्तिहरूको स्वार्थ पूरा गर्न मात्र निर्वाचन गरिनु नहुने धारणा पनि व्यक्त गरे।

उनले विज्ञप्तीमा लेखेका छन्– निर्वाचन भयरहित स्वतन्त्र खुला वातावरणमा जनताले मतदान गर्ने मताधिकारको जनचाहना हुनुपर्छ। सुशीला सरकारले कुनै पनि व्यक्तिमाथि पनि गोली चलाउनुपर्ने अवस्थामा हुने निर्वाचन देशका लागि सर्वस्वीकार्य हुन सक्दैन। एक थोपा रगत पनि जनताको बग्नु हुँदैन निर्वाचनमा। निर्वाचन उत्सवमैय वातावरणमा हुनुपर्छ। दबाब त्रास राज्य आतंकबाट गरिने निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिन सक्दैन। ओखलढुङ्गा लगायत विभिन्न ठाउँमा भइरहेको झपटलाई सामान्य मान्न सकिन्न। भयरहित स्वस्फुर्त रूपमा मताधिकारको प्रयोग गर्न पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गर्न कठपुतली सरकारले पाउने छैन। अमुख व्यक्तिहरूको स्वार्थ पूरा गर्ननिर्वाचनका लागि निर्वाचन गर्ने होइन

 

प्रतिक्रिया