१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

अमेरिकामा पनि होलीको रौनकः नेप्लिज दिवाज फाउन्डेसनद्वारा फोर्थवर्थमा भव्य उत्सव


664
Shares

काठमाडौँ। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पनि परम्परागत रूपमा मनाइने फागु पूर्णिमा (होली) यस वर्ष उत्साह, उमङ्ग र सांस्कृतिक एकताको सन्देशका साथ मनाएका छन्। अमेरिकास्थित नेप्लिज दिवाज फाउन्डेसनको आयोजनामा Fort Worth मा भव्य कार्यक्रम गरी होली पर्व मनाइएको हो।

शनिबार आयोजित कार्यक्रममा त्भहबकका विभिन्न स्थान तथा ‘डाल्लास–फोर्थवर्थ’ आसपास बसोबास गर्ने नेपालीहरू एकै ठाउँमा भेला भई रङ्ग साटासाट गर्दै आपसी सद्भाव प्रकट गरेका थिए। कार्यक्रममा बालबालिका, युवा तथा ज्येष्ठ नागरिक गरी सयौंको सहभागिता रहेको आयोजकले जनाएको छ।

फाउन्डेसनकी अध्यक्ष विनिमा सुवेदीका अनुसार प्रवासमा रहे पनि नेपाली संस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गरिँदै आएको छ । “हामीले यहाँ सुख–दुःख साटासाट गर्ने, नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने र समुदायबीच आत्मीयता बढाउने उद्देश्यले होली मनाएका हौं,” उनले बताइन्।

कार्यक्रममा नेपाल र भारतका चर्चित गीतहरूमा सामूहिक नृत्य, सांस्कृतिक प्रस्तुति तथा पारिवारिक भेटघाटले विशेष रौनक थपेको थियो। कोभिड–१९ का कारण केही वर्ष रोकिएको होली उत्सव पछिल्ला वर्षहरूमा पुनः सक्रिय रूपमा मनाउन थालिएको आयोजकले जनाएको छ।

तीन वर्षअघि महिलाहरूको अग्रसरतामा स्थापना गरिएको यस संस्थामा करिब दुई सय सदस्य आबद्ध छन्। संस्थाले विशेष गरी अमेरिकामा जन्मिएका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, संस्कृति र नेपालको इतिहासबारे जानकारी गराउने, अभिभावकका लागि नृत्य तथा सांस्कृतिक प्रशिक्षण सञ्चालन गर्ने लगायतका गतिविधि गर्दै आएको छ। संस्थाको मुख्य उद्देश्य नयाँ पुस्तामा नेपाली पहिचान जोगाइराख्नु रहेको बताइएको छ।

होलीको सांस्कृतिक र धार्मिक महत्व

फागु पूर्णिमा हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडमध्ये एक हो, जुन प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइन्छ। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा यो पर्व मनाउने परम्परा रहेको छ। वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वलाई रङ्गहरूको उत्सवका रूपमा लिइन्छ, जहाँ मानिसहरूले एक–अर्कालाई अबिर र रङ लगाएर आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने गर्छन्।

नेपालमा फागु पर्वको सुरुआत द्यबकबलतबउगच म्गचदबच क्त्रगबचभमा चीर (लिङ्गो) गाडेपछि भएको मानिन्छ। पूर्णिमाको राति उक्त चीर ढालेर दहन गरेपछि औपचारिक रूपमा पर्व समापन भएको ठानिन्छ।

राजधानी kathmandu सहित देशभर होली हर्षोल्लासका साथ मनाइन्छ। पहाडी क्षेत्रमा पूर्णिमाकै दिन र तराई क्षेत्रमा भोलिपल्ट होली खेल्ने परम्परा रहेको छ। परिवार, साथीभाइ र समुदाय एकै ठाउँमा भेला भएर रङ खेल्ने, गीत–संगीतमा रमाउने र विगतका मनमुटाव बिर्सिने सामाजिक सन्देश यस पर्वले दिन्छ।

सकारात्मक सन्देशसँगै सचेतना आवश्यक

होलीको सांस्कृतिक महत्वसँगै पछिल्लो समय केही अवाञ्छित गतिविधि—जबरजस्ती रङ दल्ने, फोहोर पदार्थ प्रयोग गर्ने, मादक पदार्थ दुरुपयोग गर्ने—जस्ता विकृतिहरू पनि देखिन थालेकाले सभ्य र सुरक्षित रूपमा पर्व मनाउन समाजका अगुवाहरूले आग्रह गर्दै आएका छन्।

यसका लागि नेपालका प्रमुख शहरहरूमा सुरक्षा सतर्कता अपनाइने र जनचेतनामूलक अभियान सञ्चालन गरिने गरिएको छ।

प्रवासमा रहेका नेपालीहरूले आयोजना गरेका यस्ता कार्यक्रमहरूले भौगोलिक दूरी टाढा भए पनि भाषा, संस्कृति र परम्पराप्रतिको सम्बन्ध अझै बलियो रहेको सन्देश दिएका छन्। होली केवल रङको उत्सव मात्र नभई, विश्वभर छरिएका नेपालीलाई एकै भावनामा जोड्ने सांस्कृतिक सेतु बनेको देखिन्छ।

प्रतिक्रिया