१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

निर्वाचन लक्षित दमौलीमा कांग्रेसको शक्ति प्रदर्शन


February 28, 2026
249
Shares

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज दमौलीमा नगरस्तरीय विशाल र्‍याली आयोजना गरेको छ ।

चुनावको पूर्वसन्ध्यामा संगठनात्मक शक्ति प्रदर्शन तथा जनपरिचालनलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम तय गरेको हो ।

कांग्रेसको व्यास नगरपालिका नगर समितिका सभापति सूर्य हड्खलेका अनुसार आज बिहान ११ बजे बी।पी। स्मृति भवन बाट सुरु भएर र्‍यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको हो ।

र्‍यालीमा व्यास नगरपालिकाका विभिन्न वडाबाट पार्टीका नेता–कार्यकर्ता, भ्रातृ संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उपनिर्वाचनको सरगर्मी बढ्दै गएको अवस्थामा कांग्रेसको यस नगरस्तरीय प्रदर्शनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया