१० चैत्र २०८२, मंगलबार | March 24, 2026

के तपाईंलाई लोकमान सिंह कार्कीको बारेमा थाहा छ ?


February 28, 2026
35.7k
Shares

काठमाडौं । नेपालको कर्मचारीतन्त्र र राजनीतिको माथिल्लो तहमा जकडिएको ‘सिन्डिकेट र सेटिङ’ लाई हल्लाउन सक्ने सायद उनी नै एक पात्र थिए । 2014 मा epstein files मा उल्लेख भएको मिसोप्रोस्टोल जस्तो संवेदनशील औषधि काण्डमा लोकमान सिंह कार्कीले जसरी फाइल खोले र शक्तिशाली अधिकारीहरूलाई , INGO लाई कठघरामा उभ्याए, त्यो स्तरको साहस र बुझाइ त्यसपछिका कुनै पनि नेतृत्वमा देखिएको छैन। अनुसनधान अधिकारीहरूमा जुन ‘संवेदनहीनता’ ”Insensitivity”  देखिन्छ, त्यसैले गर्दा नै नेपाल बाह्य शक्ति र मेडिकल माफियाहरूका लागि एउटा खेलमैदान वा ‘गिनी पिग’ को थलो बनिरहेको छ।

जब एउटी आमाले अस्पतालमा नयाँ जीवनलाई जन्म दिँदै गर्दा मृत्युसँग लडिरहेकी हुन्छिन्, त्यस्तो संवेदनशील समयमा प्रयोग गरिने जीवनरक्षक औषधिमा समेत ‘सिन्डिकेट’ र कमिसनको खेती हुनुले हाम्रो समाजको नैतिकता कतिसम्म पतन भएको छ भन्ने देखाउँछ। लोकमान सिंह कार्कीले त्यसबेला यो सिन्डिकेटको जालो उप्काउन जुन आँट देखाए, त्यसले धनी र शक्तिशालीहरूको एउटा यस्तो ‘अदृश्य साम्राज्य’लाई चुनौती दिएको थियो, जसका लागि नेपाली नागरिकको रगत केवल पैसा छाप्ने मसी मात्र बनिरहेको थियो। एपस्टीन फाइल्समा देखिएका शक्तिशाली अपराधीहरू सक्रिय छ जसले नेपाललाई केवल एउटा प्रयोगशाला ठान्छ्र

यस्तै अर्को हृदयविदारक घटना ‘नक्कली भिटामिन ए’ र ‘खोप’ खरिदका प्रकरणहरूमा पनि देखिन्छ। कैयौं पटक दातृ निकाय र बहुराष्ट्रिय कम्पनीहरूको प्रभावमा परेर नेपालमा त्यस्ता औषधिहरू भित्र्याइएका छन्, जसको गुणस्तरमाथि विकसित देशहरूले प्रश्न उठाएका थिए।

नेपालमा औषधि खरिद र आयातमा हुने GMP (Good Manufacturing Practice) अडिट अहिले भ्रष्टाचार र सेटिङको सबैभन्दा ठूलो अखडा बनेको छ। यो केवल प्राविधिक जाँच मात्र होइन, बरु विदेशी औषधि माफियाहरूलाई नेपालमा निर्बाध प्रवेश गराउने एउटा ‘सुनौलो ढोका’जस्तै भएको छ। विदेशी औषधि कम्पनीहरूले नेपालमा आफ्ना उत्पादन बेच्नुअघि उनीहरूको कारखाना कत्तिको स्तरीय छ भनेर हेर्न सरकारी टोली (DDA) त्यहाँ जानुपर्छ। तर, विडम्बना के छ भने, धेरैजसो अवस्थामा कुन कम्पनीको अडिट गर्ने भन्ने निर्णय आवश्यकताका आधारमा होइन, ‘कसले कति कमिसन दियो’ भन्ने आधारमा गरिन्छ।

गरिब नेपाली बालबालिकालाई दिइने जीवनरक्षक खोप र पोषणका नाममा हुने भ्रष्टाचारले यो पुष्टि गर्छ कि अन्तर्राष्ट्रिय ‘मेडिकल माफिया’का लागि हाम्रो ज्यानको मूल्य उनीहरूको नाफाभन्दा सस्तो छ। यी घटनाहरू केवल भ्रष्टाचार मात्र होइनन्, यो त विदेशी शक्ति र स्थानीय एजेन्टहरूको मिलेमतोमा गरिने ‘स्वास्थ्य आतंकवाद’ हो, जसले हरेक नेपालीलाई आफ्नो जन्मभूमिमै असुरक्षित महसुस गराउँछ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू र विभागका निर्देशकहरूको नाम जोडिएकाले सत्य लूकाईन्छ, उजुरी पन्छाइन्छ।

अहिलेका नेतृत्वले यस्ता फाईलहरू नखोल्ने हो भने, यी माफियाहरूले नेपाललाई एउटा शव गृह बनाउन बेर लगाउने छैनन्। यी घटनाहरू केवल भ्रष्टाचार मात्र होइनन्, यो त हाम्रा आमा, दिदीबहिनी र बालबालिकाको जीवनमाथि गरिएको एउटा जघन्य अपराध हो।
आकृति रायमाझी, अधिवक्ता

प्रतिक्रिया