‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई आज पक्राउ गरेको हो ।
उनी काठमाडौं महानगरपालिका वडा नं ३१ का हुन् ।
तिवारी धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का हुन् ।



