१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

युवराज बस्ताकोटीद्वारा नेपाली कांग्रेसलाई मत दिन आग्रह


February 24, 2026
747
Shares

काठमाडौं,१२ फाल्गुण । नेपाली राजनीति, शैक्षिक नीति तथा सामाजिक चेतनाका क्षेत्रमा सक्रिय बौद्धिक नेता युवराज बस्ताकोटीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र उसका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनका अनुसार राजनीतिक स्थिरता, समाज कल्याणमा आधारित खुला अर्थतन्त्र, स्थिर विदेश नीति तथा दीगो आर्थिक समृद्धिका दृष्टिले नेपाली कांग्रेस तुलनात्मक रूपमा सकारात्मक विकल्प रहेको धारणा व्यक्त गरेका हुन्।

आफ्नो मेहनत र पसिनाले स्थापित पहिचान बनाएका बस्ताकोटी खरो स्वभावका सत्यवादी युवा नेताका रूपमा परिचित छन्। लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका उनी भविष्यप्रति स्पष्ट दूरदृष्टि राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन्। यही कारण उनका धारणा र विश्लेषणहरू समाजमा ध्यानपूर्वक सुन्ने र पढ्ने गरिन्छ।

उन्नतिशील अर्थतन्त्रको पक्षमा आवाज उठाउँदै आएका बस्ताकोटी ‘उर्वर नेपाल’ जस्तो विश्वसनीय तथा चर्चित अभियानको नेतृत्वसमेत गरिरहेका छन्।

देशमा बढ्दो असन्तुष्टि अन्त्य गर्न नीतिगत परिवर्तन आवश्यक रहेको भन्दै उहाँले समय–समयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्। बस्ताकोटी नेपाली कांग्रेसको केन्द्रीय संघिय मामिला विभागको पुर्व सचिव, आर्थिक समितिका पुर्व विषयगत विज्ञ समेत थिए।

प्रतिक्रिया