न्यायको मन्दिरमा बसेर गरिएको “न्यायिक वेश्यावृत्ति“
म यो लेख केवल एक अधिवक्ताको रूपमा मात्र होइन, एउटा लज्जित र आक्रोशित नेपालीको रूपमा लेख्दैछु । हाम्रो मातृभूमि नेपाल आज अन्तर्राष्ट्रिय अपराधीहरूको प्रयोगशाला बनेको छ र हाम्रा सन्तानहरूको रगत डलरमा साटिएको छ ।
बालबालिकाको भविष्य लिलामी र ’एपस्टाइन’ को कालो डायरी (Epstein files)
विश्वका धनी र शक्तिशाली व्यक्तिहरूले आफ्नो आयु बढाउन हाम्रा निर्दोष बालबालिकाको भ्रुण,आमा को कोख र जैविक अंगहरूको तस्करी गरिरहेका छन्। ’एपस्टाइन फाइल’ जस्ता अन्तर्राष्ट्रिय मुद्दामा नेपालको नाम जोडिनु र यहाँका बालबालिकालाई ’जैविक सामग्री’ का रूपमा विदेश पुराइनु मानवता विरोधी जघन्य अपराध हो।
हाम्रा भविष्यलाई मारेर विदेशी धनाढ्यको आयु बढाउने यो खेलमा राज्यका अंगहरू किन मौन छन् ? के नेपालीको ज्यानको मूल्य डलरभन्दा सस्तो छ ?
महान्यायाधिवक्ताको कार्यालयः न्यायको हत्याराः
CIB ले कडा मिहिनेतका साथ समातेका भ्रुण र मानव बेचबिखनका नाइकेहरूलाई महान्यायाधिवक्ताको कार्यालय ले “प्रमाण नपुगेको“ बहानामा मुद्दा नै नचलाई उन्मुक्ति दिनु राष्ट्रिय गद्दारी हो। शक्तिको आडमा अपराधी लुकाउने महान्यायाधिवक्ताको यो कदमले नेपालमा कानुनी राज्यको अन्त्य भएको पुष्टि गर्दछ। यो न्यायको मन्दिरमा बसेर गरिएको “न्यायिक वेश्यावृत्ति“ हो।
TIA र स्वास्थ्य मन्त्रालयः तस्करीका एजेन्टः
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल TIA प्रशासन र सुरक्षा निकायको आँखा अगाडिबाट हाम्रा बालबालिका र भ्रुणहरू कसरी विदेश तस्करी भइरहेका छन् ? नेपाल को अंतराष्ट्रीय विमानस्थल आज सुरक्षा केन्द्र होइन, तस्करीको सुरक्षित नाका बनेको छ।
साथै, स्वास्थ्य मन्त्रालयले डलरको प्रलोभनमा परेर जथाभाबी अस्पताल र IVF क्लिनिकहरूलाई अनुमति (License) दिने र अनुगमन नगर्ने कार्यले यो अपराधलाई संस्थागत गरेको छ।
DDA र NMC को ’बायो–आतंकवाद’:
औषधि व्यवस्था विभाग (DDA) र नेपाल मेडिकल काउन्सिल (NMC) ले केही डलरका लागि नेपाली नागरिकलाई ’प्रयोगशालाको मुसा’ बनाएका छन्। टिबी, क्यान्सर र कोरोनाका नाममा “project Endobiotica” जस्ता अवैध औषधि परीक्षण गर्न अस्पतालहरूलाई प्रयोगशाला बनाइएको छ। हाम्रा नागरिकको ज्यान लिने र विदेशी कम्पनीलाई डाटा बेच्ने यी संस्थाहरूमाथि तत्काल ताला लगाउनु पर्छ ।
कारवाहीको मागः
हाम्रो देशको इज्जत विश्वसामु धुलोमा मिल्नुअघि र अन्य देशले हामीलाई ’अपराधीको देश’ भनी खिसिट्युरी गर्नुअघि नै यी सबै प्रकरणको तत्काल छानबिन गरियोस्।
भ्रुण तस्करीमा संलग्न अस्पताल र तिनलाई संरक्षण दिने स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई जन्मकैदको सजाय होस्।
नेपाललाई ’बायो–ल्याब’ बनाउने अनुमति दिने DDA, २०१२ देखीका स्वास्थ्य मन्त्री, दीर्घआयुको लागी अपराध भएको टापू गएका उच्चस्तरीय नेपालका नेता, माफियाको एजेंट बन्न पुगेको NMC र भ्रुण तस्करीको अनुसन्धान रोकने महान्यायाधिवक्ता र संलग्न पदाधिकारीमाथि देशद्रोहको मुद्दा चलाइयोस्।
हामी हाम्रो पहिचान जोगाउन चाहन्छौं, हामी हाम्रो सन्तानको भविष्य जोगाउन चाहन्छौं। यदि राज्य आज पनि मौन बस्छ भने, यो सरकार पनि यो जघन्य अपराधको हिस्सेदार मानिनेछ।
CIB ले कडा मिहिनेतका साथ समातेका भ्रुण र मानव बेचबिखनका नाइकेहरूलाई महान्यायाधिवक्ताको कार्यालयले “प्रमाण नपुगेको“ बहानामा मुद्दा नै नचलाई उन्मुक्ति दिनु राष्ट्रिय गद्दारी हो। शक्तिको आडमा अपराधी लुकाउने महान्यायाधिवक्ताको यो कदमले नेपालमा कानुनी राज्यको अन्त्य भएको पुष्टि गर्दछ। यो न्यायको मन्दिरमा बसेर गरिएको “न्यायिक वेश्यावृत्ति“ हो।
(आकृति रायमाझी)


