३ आश्विन २०८३, शनिबार | September 19, 2026

राज्यले नै बेचेको ’महिलाको कोख र नेपालीको अस्तित्व’


February 21, 2026
35.4k
Shares

आकृति रायमाझी । गरिबी आफैँमा एक अभिशाप हो, तर जब यो अभिशापलाई कसैले व्यापारको माध्यम बनाउँछ, तब मानवता लज्जित हुन्छ। नेपाल जस्ता विकासोन्मुख देशहरूमा आजभोलि एउटा यस्तो अदृश्य युद्ध चलिरहेको छ, जहाँ हतियार होइन, हर्मोनका सुईहरू प्रयोग गरिन्छ । विकसित देशका धनी नागरिक को दीर्घायु का लागी नेपालका विपन्न किशोरीहरूको शरीरलाई “डिम्ब उत्पादन गर्ने मेसिन“ सरह प्रयोग गर्ने गिरोह सक्रिय रहेको छ, यो केवल एक मेडिकल प्रक्रिया मात्र होइन, बरु आर्थिक विवशताले निम्त्याएको आधुनिक दासत्व हो।

नेपालमा गरिब र विपन्न वर्गमाथि भइरहेको प्रजनन् शोषण, इपस्टिन फाइलमा उल्लेखित रहस्यमय सम्बन्ध, र राज्य संयन्त्रको मिलेमतोमा भइरहेको जैविक तस्करीको यो नाङ्गो नाचले मानव अधिकारको धज्जी उडाएको छ । अन्तर्राष्ट्रिय अपराधीहरूले नेपाललाई डिम्ब आपूर्ति र बाल तस्करीको ’हब’ बनाइरहँदा नेपाल मेडिकल काउन्सिल जस्ता नियमक निकायहरू डलरको प्रलोभनमा परेर आफ्नै नागरिकलाई विदेशी प्रयोगशालाको ’गिनी पिग’ बनाउन अनुमति दिइरहेका छन्। विमानस्थलको सुरक्षा छिद्र र महान्यायाधिवक्ताको कार्यालयबाट हुने मुद्दाको सेटिङले अपराधीहरूलाई उन्मुक्ति दिँदै गरिब नेपालीको शरीरलाई केवल एउटा व्यापारिक वस्तुमा परिणत गरिदिएको छ।

नेपाल आज केवल वैदेशिक रोजगारीको स्रोत मात्र रहेन, बरु यो विकसित देशका शक्तिशाली व्यक्ति र अन्तर्राष्ट्रिय प्रयोगशालाहरूका लागि “जैविक कच्चा पदार्थ“ (Biological Raw Materials) आपूर्तिको केन्द्र बनेको छ । इपस्टिन फाइल्स (Epstein Files) को खुलासा र नेपालका फर्टिलिटी क्लिनिकहरूको अवैध धन्दाले के प्�

प्रतिक्रिया