धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बस ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका( ५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो।
मृतकको नामावली हेनुृहोस् ।
दुर्घटनामा परी १७ जनाको घटनास्थलमै निधन भएको थियो भने बाँकी २७ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। उपचाररत २७ जनामध्ये दुई जनाको निधन भएको प्रहरीले जनाएको छन्।



पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै दुर्घटनामा परेको यात्रु बस । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस त्रिशुली



