काठमाडौंमै बाघको आतंक,सर्वसाधारणको घरभित्रै पसेपछि भागाभाग
काठमाडौं । काठमाडौंको काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१० मनमैजु क्षेत्रमा सर्वसाधारणको घरभित्रै चितुवा पसेर दुई जनालाई आक्रमण गरेको घटना शहरी क्षेत्रमा वन्यजन्तु प्रवेशको बढ्दो जोखिमको संकेतका रूपमा देखिएको छ।
मनमैजु मन्दिर नजिक आइतबार दिउँसो करिब १ बजे चितुवाले स्थानीय ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीय मायानाथ वाग्लेमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
महर्जनको टाउको र बाँया हातमा सामान्य चोट लागेको छ, उनको उपचार शुभम् अस्पतालमा भइरहेको छ। वाग्लेको दाहिने कान र बाँया हातमा चोट लागेको छ, उनको उपचार नेपाल आर्मी अस्पतालमा भइरहेको छ।
चितुवा स्थानीय एक घरभित्र छिरेपछि त्रास फैलिएको थियो। घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ भने उद्धारका लागि काठमाडौं डिभिजन वन कार्यालयसँग समन्वय गरिएको जनाएको छ।
विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाको किनारी क्षेत्र—विशेषतः जंगलसँग जोडिएका बस्तीहरू—वन्यजन्तु–मानव द्वन्द्वको “संक्रमण क्षेत्र” ९तचबलकष्तष्यल शयलभ० मा परिणत हुँदै गएका छन्। यसको मुख्य कारणहरूस्
तारकेश्वर, नागार्जुन, शिवपुरी आसपास तीव्र शहरीकरण भएको छ। वन क्षेत्र टुक्रिँदा चितुवाको प्राकृतिक आवास खुम्चिन्छ। शिकार (जंगली जनावर) घटेपछि चितुवा मानव बस्ती नजिक आउन बाध्य हुन्छ।
बस्तीमा फालिने खाद्य फोहोर, कुकुर, बाख्रा, कुखुरा जस्ता जनावर चितुवाका लागि सजिलो शिकार बन्छन्। चितुवा प्रायः मानिसलाई होइन, शिकार खोज्दै बस्ती छिर्ने गरेको पाइन्छ।


