२९ माघ २०८२, बिहिबार | February 12, 2026

उम्मेदवारले यी संस्था र व्यक्तिसँग चन्दा लिन पाउनेछैनन् !


February 12, 2026
0
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले आर्थिक सहयोग मागिरहेका छन् । निर्वाचन आयोगले भने सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन नपाउने सूचना जारी गरेको छ ।

१.नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था,

२.सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी

३. कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था

४.नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय

५.राष्ट्रिय तथा अन्तर गैरसरकारी संस्था

६.नाम नखुलेको व्यक्ति वा संस्था

७.विदेशी सरकार, संस्था वा व्यक्ति

प्रतिक्रिया