२७ माघ २०८२, मंगलबार | February 10, 2026

यस्तो छ कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको तालिका


February 10, 2026
0
Shares

काठमाडौं । उपसभापति विश्वप्रकाश शर्मा मंगलबारबाट फागुन १ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा दैनिक दुई कार्यक्रममा सहभागी हुने तालिका कांग्रेसले सार्वजनिक गरेको छ ।

उपसभापति शर्मा आज बिहान ११ बजे नेपाली कांग्रेसका सबै उम्मेदवारसहितको बाँके जिल्लास्तरीय वृहत भेलामा सहभागी हुने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, उपसभापति शर्मा आजै दिउँसो ३ बजे नेपाली कांग्रेसको उम्मेदवारसहित बर्दिया क्षेत्र नं १ को क्षेत्रीय स्तरीय भेलामा सहभागी हुने छन् ।

भोलि बुधबार भने उपसभापति शर्मा बिहान ११ बजे नेपाली कांग्रेसका सबै उम्मेदवार सहित दाङ जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।

यस्तै, माघ २९ गते बिहान ११ बजे उपसभापति शर्मा सबै उम्मेदवारसहितको रुपन्देही जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।

२९ गते नै दिउँसो ३ बजे नेपाली कांग्रेस, लुम्बिनी प्रदेश, निर्वाचन परिचालन समितिको बैठकमा पनि उपसभापति शर्माले सम्बोधन गर्ने तालिका कांग्रेसले सार्वजनिक गरेको छ ।

यस्तै, फागुन १ गते उपसभापति शर्माले बिहान ११ बजे नेपाली कांग्रेसका सबै उम्मेदवारसहितको पाल्पाको जिल्लास्तरीय वृहत भेलामा सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया