२२ माघ २०८२, बिहिबार | February 6, 2026

नेपाल भ्यालुयर्स एसोसिएशनले भोलि १५औं स्थापना दिवस मनाउदै


February 5, 2026
1.1k
Shares

काठमाडौं,२२ बिहीबार । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले भोलि (शुक्रबार) १५औं स्थापना दिवस (एनभिए डे –२०८२) भव्यताका साथ मनाउदै छ ।

१५औं स्थापना दिवसको अवसरमा एनभिएले देशभरका सबै इन्जिनियरहरुलाई मुल्यांकनसम्बन्धि नियमित कार्य स्थगित गरी आफुलाई नजिक पायक पर्ने केन्द्र,प्रदेश वा च्याप्टर कार्यालयमा उपस्थित भएर हर्षोल्लासका साथ मनाउन आग्रह गरेको हो ।

ठमेलस्थित होटल यात्रीमा भव्य रुपमा मनाउन लागेको स्थापना दिवस विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेल, नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इ.सुवास चन्द्र बराल, राष्ट्र बैंकका रजिष्टार रामु पौडेल, नेपाल बैंकर्स एशोसिएसनको सदस्य एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, डेभलपमेन्ट बैंकर्स एशोसिएन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, नेपाल इन्जिनियरिङ काउन्सिलका बोर्ड मेम्बर लैला श्रेष्ठ, नेपाल वित्तिय संस्था संघ एवं सेन्ट्रल फाइनान्सका उपाध्यक्ष रजोजमान श्रेष्ठ, एनभिएका संस्थापक एवं सल्लाहकार इ.वसन्त रमण रजौरे, एनभिएका निवर्तमान अध्यक्ष एवं सल्लाहकार इ.ऋषि कोइराला, एनभिएका पूर्व अध्यक्ष एवं सल्लाहकार इ.अन्जनीकुमार देवजु श्रेष्ठ, एनभिएका पूर्व अध्यक्ष एवं सल्लाहकार इ.दिपकबाबु कंडेललगायत महत्वपुर्ण व्यक्तित्वहरु उपस्थिति हुने सचिव इ.रबिन्द्र अधिकारीले जानकारी दिए ।

वि।स।२०६८ सालमा स्थापना भएको एनभिएले माघ २३ गते विभिन्न कार्यक्रमसहित भव्यताका साथ स्थापना दिवस मनाउन लागेको हो । एनभिएको वार्षिकउत्सवको अवसरमा विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

 

 

प्रतिक्रिया