कसले फुटायो बालेनको घरको गेट ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरको गेटमा तोडफोड भएको छ ।
शुक्रबार राति अज्ञात समूहले काठमाडौंस्थित घरको गेटको ग्रिल फुटाएको प्रहरीले जनाएको छ ।
चोरले गेट फुटाएको हुनसक्ने प्रहरीको आशंका छ ।
झापा–५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णालीमा छन् ।


