३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रेशम चौधरीले पाएनन सफाइ,जन्मकैद सजाय सर्वोच्चद्वारा सदर


0
Shares

काठमाडौं,२ जेठ । टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो । उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया