९ माघ २०८२, शुक्रबार | January 23, 2026

कसैले पनि जीतको ग्यारेंटी सहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई बिश्वास छैन : योगेश भट्टराई


January 23, 2026
83
Shares

ओलीको अन्तर्वाता : सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन ।
गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ?

योगेश भट्टराई लेख्छन् ?
कान्तिपुरका लागि कृष्ण आचार्य र गौरब पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग लिएको अन्तर्वार्तामा अध्यक्षद्वारा व्यक्त कुरा यस्ता छन(
“सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन ।”
“गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि रु”
मलाई धेरै संचारकर्मीहरूले फ़ोन गरेर यो विषयमा प्रतिक्रिया मागिरहनु भएको छ ।
फागुन २१ सम्म पार्टीका आन्तरिक बिषयमा सार्वजनिक वहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । ल्य क्ष, ल्य द्यगत म विचलित र निरास छैन ।
यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जीतको ग्यारेंटी सहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई बिश्वास छैन ।
यस विषयमा मलाई थप फोन नगर्नु होला ।

प्रतिक्रिया