अबको एकमात्र विकल्प — स्वतन्त्र उम्मेदवार संजीब गुरुङ
राम थापा । सबैभन्दा ठूलो संकट नेतृत्वको होइन, भरोसाको संकट हो। स्वतन्त्र उम्मेदवारी कुनै सनक होइन, यो बाध्यताको राजनीति हो।
जब पार्टीहरू विचार होइन, व्यापारको केन्द्र बन्छन्स जब टिकट बफादारी र लगानीको आधारमा बाँडिन्छस जब कार्यकर्ता केवल भीड र पोस्टर टाँस्ने साधनमा सीमित हुन्छ—त्यसपछि पार्टीभित्र बसेर इमानदार राजनीति गर्ने सबै ढोका बन्द हुन्छन्।
आज जनताले पार्टीको नाम होइन, पात्रको इमान खोजिरहेका छन्।
आज युवाले झण्डा होइन, जवाफदेहिता खोजिरहेका छन्।
आज मतदाताले घोषणापत्र होइन, चरित्र खोजिरहेका छन्।
स्वतन्त्र उम्मेदवार कुनै गुटको दास हुँदैन। उसलाई दिल्ली, बालुवाटार वा पार्टी कार्यालयको फोन कुर्नु पर्दैन। उसले संसदमा उभिँदा मालिक जनतामात्र हुन्छन्। यही कारणले स्वतन्त्र उम्मेदवारी आज वैकल्पिक होइन, अनिवार्य बाटो बन्दै गएको छ।
पार्टीभित्र असफल भएको विद्रोह अब जनताबीच सफल हुनुपर्छ।
संरचनाले थिचेको आवाज अब मतपेटिकाबाट बोल्नुपर्छ।
गुटले मारेको आशा अब स्वतन्त्र हैसियतले बाँच्नुपर्छ।
स्वतन्त्र उम्मेदवारी कुनै व्यक्तिको महत्वाकांक्षा होइन, यो पार्टीतन्त्रबाट पीडित नागरिकहरूको सामूहिक विद्रोह हो। र इतिहास सधैं त्यहीँबाट बन्छ—जहाँ डरको साटो साहस रोजिन्छ।
अब नुवाकोट क्षेत्र नं. १ का युवाहरू सच्चिनैपर्छ
पार्टीको कार्यकर्ता होइन, जनताको प्रतिनिधि बन्ने समय
अब नुवाकोट क्षेत्र नम्बर १ का सचेत युवाहरू सच्चिनुपर्छ।
सदैव पार्टीको कार्यकर्ता बनी दासझैँ हिँडिरहनु अब न त उपयुक्त छ, न सम्मानजनक।
हामीले कति समय झण्डा बोक्यौँ?
कति चुनावमा नारा लगायौँ?
कति नेताको जयजयकारमा आफ्नो भविष्य सुम्प्यौँ?
तर बदलामा हामीले के पायौँ?
न रोजगारी, न अवसर, न सम्मान—सिर्फ प्रयोग।
नुवाकोटका युवालाई पार्टीहरूले विचारको आधारमा होइन, भीडको आधारमा गने। मतदानपछि हामीलाई फेरि बिर्सिए। टिकट बाड्दा, निर्णय गर्दा, नीति बनाउँदा—युवा कहिल्यै केन्द्रमा परेनन्।
आज पनि पार्टी कार्यालयमा युवा भनेको पोस्टर टाँस्ने, मोटरसाइकलमा नारा लगाउने र विरोधीलाई गाली गर्ने साधन मात्र बनाइएको छ। सोच्ने, प्रश्न गर्ने, नेतृत्व गर्ने युवालाई पार्टीभित्र सधैं शंकाको नजरले हेरिन्छ।
अब यो चक्र तोडिनुपर्छ।
नुवाकोट क्षेत्र नं. १ का युवाहरू विदेशिनु रहर होइन बाध्यता हो। यहाँ राजनीति व्यापार बनिसक्दा युवा श्रम बेच्न खाडी र कोरियातिर धकेलिएका छन्। अनि यही दलाल राजनीतिको रक्षा गर्न हामीलाई फेरि झण्डा बोकेर उभ्याइन्छ—यो भन्दा ठूलो विडम्बना के हुन्छ?
अब प्रश्न स्पष्ट छ
हामी अझै पनि पार्टीको दास बनेर अरूको भविष्य बनाइदिने कि
आफ्नै भविष्यका लागि स्वतन्त्र रूपमा उभिने?
स्वतन्त्र राजनीति गाली होइन, विकल्प हो।
स्वतन्त्र उम्मेदवारी अहंकार होइन, आत्मसम्मान हो।
नुवाकोट १ का युवाले अब डर होइन, निर्णय गर्नुपर्छ।
नेताको नाम होइन, नीति रोज्नुपर्छ।
झण्डा होइन, जिम्मेवारी बोक्नुपर्छ।
इतिहास सधैं त्यहीँ बनिन्छ जहाँ युवाले आदेश मान्न छाड्छन् र नेतृत्व लिन थाल्छन्।
अब दास बनेर होइन—नुवाकोटको मालिक बनेर अघि बढ्ने समय आएको छ।
अबको एकमात्र विकल्प — स्वतन्त्र उम्मेदवार संजीब गुरुङ
नुवाकोट क्षेत्र नं- १ अब प्रयोगशाला बन्ने छैन् । असफल पार्टीहरूका थकित अनुहार फेरि–फेरि परीक्षण गर्ने धैर्य अब जनतासँग छैन। वर्षौंसम्म पार्टीका झण्डा बोकेर हिँड्यौँ,तर विकास आएन। नेतृत्व रोज्यौँ,तर जवाफदेहिता आएन।भोट दियौँ,तर सम्मान पाएनौँ।
आज नुवाकोट १ को यथार्थ स्पष्ट छ—पार्टीले होइन, पार्टीकरणले हामीलाई डुबायो। यही कारण आज नुवाकोट क्षेत्र नं। १ का सचेत नागरिक र युवाहरूका लागि स्वतन्त्र उम्मेदवार संजीब गुरुङ कुनै वैकल्पिक नाम होइन, अनिवार्य विकल्प बनेका छन्।
किन संजीब गुरुङ ?
किनकि उनी
गुटका प्रतिनिधि होइनन्, जनताका प्रतिनिधि हुन्
पार्टीको आदेशमा होइन, जनताको प्रश्नमा चल्ने नेता हुन्
भाषणका लागि राजनीति गर्ने होइन, परिणामका लागि जिम्मेवारी लिने पात्र हुन्
संजीब गुरुङ कुनै पार्टीको लगानी होइनन्,
उनी नुवाकोटको पीडा, युवा पुस्ताको आक्रोश र नागरिकको आत्मसम्मानको प्रतिनिधि हुन्।
आज स्वतन्त्र उम्मेदवारी भन्नु अराजकता होइन,
यो त दलाल राजनीतिको अन्त्यको घोषणा हो।
नुवाकोट १ लाई अब
आदेश मान्ने सांसद होइन, प्रश्न गर्ने सांसद चाहिएको छ
चाकडी गर्ने नेता होइन, टकराव गर्न सक्ने प्रतिनिधि चाहिएको छ
झण्डा बदल्ने होइन, व्यवस्था बदल्ने साहस चाहिएको छ
र त्यो साहसको नाम हो — संजीब गुरुङ।
अब निर्णयको समय हो। डरको राजनीति सकिएको छ। दासताको अभ्यास अन्त्य गर्ने घडी आएको छ।
नुवाकोट क्षेत्र नं। १
अब कुनै सम्झौता होइन, स्वतन्त्र उम्मेदवार संजीब गुरुङ नै अन्तिम विकल्प हुन्।
नुवाकोट क्षेत्र नम्बर १ आज निर्णायक मोडमा उभिएको छ। नेपाली कांग्रेस आफैँभित्र गुट–उपगुटको दलदलमा फसेको छ। एमाले आन्तरिक तानातान र शक्ति संघर्षमै अल्झिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी स्पष्ट दृष्टि र स्थानीय जिम्मेवारीभन्दा टाढा देखिन्छन—अनावश्यक भ्रम छर्दै जनतालाई फुट गराउनमै व्यस्त छन्।
यी सबैको परिणाम एउटै छ
नुवाकोट १ का नागरिकका समस्या ओझेलमा परेका छन्।
यस्तो अवस्थामा पुराना पार्टीका असफल प्रयोगलाई दोहोर्याउने कि
जनताको पक्षमा निडर, निष्पक्ष र जवाफदेही प्रतिनिधि रोज्ने?
यस क्षेत्रका लागि आज एकमात्र व्यवहारिक र विश्वसनीय विकल्प छन्
स्वतन्त्र उम्मेदवार गुरुङ।
यस क्षेत्रका लागि आज एकमात्र व्यवहारिक र विश्वसनीय विकल्प छन् स्वतन्त्र उम्मेदवार गुरुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सो क्षेत्रमा कांग्रेसले डा.प्रकाश शरण महतलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले हितबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले डा.प्रद्युन्न महत र नेकपा एमालले बद्री मैनालीलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । महत र तामाङ पूर्वमन्त्री हुन् ।


