२ माघ २०८२, शुक्रबार | January 16, 2026

लोकतन्त्रको खम्बा कांग्रेस निर्वाचन आयोगको ढोका कुर्नुपर्ने अवस्थामा !


January 16, 2026
0
Shares

काठमाडौं, २ माघ । ‘हेर्दा हेर्दै यस्तो दिन पनि आयो, म आफैँ स्वयं हुँ। अरू होइन, के निर्वाचन आयोग भन्ने दिन आयो।’

यो वाक्य कुनै राजनीतिक व्यङ्ग्यकारको कटाक्ष होइन, बरु ८० वर्षभन्दा पुरानो र आफूलाई ‘सबैभन्दा लोकतान्त्रिक’ ठान्ने दल—नेपाली कांग्रेसको वर्तमान अवस्थाको आत्मस्वीकारोक्ति जस्तै सुनिन्छ।

जसले लोकतन्त्रको नाममा दशकौँसम्म सडक ततायो, उसैलाई आज आफ्नै आन्तरिक निर्णय वैध ठहराउन निर्वाचन आयोगको ढोका कुर्नुपर्ने अवस्था आइपुगेको छ। समय बद्लिएको हो कि नेतृत्वको दृष्टि साँघुरिएकोरु कि दुवै ?

समयलाई बुझ्न नसक्नु गल्ती हो, तर समयलाई बुझेर पनि स्वीकार्न नसक्नु राजनीतिक विडम्बना हो। जनताको माग, कार्यकर्ताको भावना र संगठनभित्रको असन्तोष—यी सबै संकेत स्पष्ट छन्। तर ती संकेतलाई नेतृत्वले ‘असहज आवाज’ ठानेर बेवास्ता गरिरहँदा आज पार्टी स्वयं संस्थागत अन्योलमा परेको देखिन्छ।

लोकतन्त्रको अभ्यास सिकाउने दलले आफ्नै घरभित्र लोकतान्त्रिक अभ्यास गर्न सकिरहेको छैन। प्रक्रिया छ, तर आत्मा छैन। विधान छ, तर विश्वास खस्किएको छ।

नेपाली कांग्रेस योभन्दा तल नझरोस् भन्ने चाहना व्यङ्ग्य होइन, चेतावनी हो। किनकि जब इतिहासले दिएको हैसियत कमजोर नेतृत्व, ढिलासुस्ती र अहंकारको भारीले थिचिन्छ, तब ‘सबैभन्दा पुरानो दल’ भन्ने परिचय पनि व्यङ्ग्यकै विषय बन्न पुग्छ।

समय अझै बाँकी छ। प्रश्न केवल यत्ति हो—कांग्रेसले समयलाई बुझ्ने आँट गर्छ कि इतिहासले कांग्रेसलाई बुझेर मूल्यांकन गर्ने दिन पर्खिरहन्छ

प्रतिक्रिया