२९ पुस २०८२, मंगलबार | January 13, 2026

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा बानियाँ निर्वाचित


January 13, 2026
996
Shares

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित भएका छन् । सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट बानियाँ ओमकृष्ण कार्कीलाई ३५ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित बानियाँले १ सय १२ मत प्राप्त गर्दा कार्कीले ७७ मतमा सीमित रहे ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भए । उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा किसान गुरुङ र विद्यापति उपाध्याय घिमिरे क्रमशः १ सय ६४ र १ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् । महासचिव पदमा बद्रीप्रसाद चौलागाईं निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिव पदमा मेघराज सिग्देलले ९७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी अर्जुनबहादुर सापकोटाले ८९ मत प्राप्त गरे ।

सचिव पदमा उमेशचन्द्र मजगैयाँ र गंगाबहादुर खड्काले समान ९५–९५ मत प्राप्त गरेपछि दुवैले कार्यकाल आधा–आधा समय कार्यालय सञ्चालन गर्ने सहमति गरेका छन् । कोषाध्यक्ष पदमा रुमाखर गौतमले १ सय ३२ मतसहित जित हासिल गर्दा उनका प्रतिस्पर्धी टिकाराम गौतमले ६० मत प्राप्त गरे । सह–कोषाध्यक्ष पदमा सुमन सापकोटा १ सय ७ मत ल्याउँदै निर्वाचित भएका छन् ।

प्रदेश संयोजकमा कोशी प्रदेशबाट विनोद खड्का, मधेस प्रदेशबाट रामबहादुर दुवाडी, बागमती प्रदेशबाट सूर्यबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट केदारनाथ घिमिरे, लुम्बिनी प्रदेशबाट यामप्रसाद पाण्डे, कर्णाली प्रदेशबाट चेतन थानी र सुदूरपश्चिम प्रदेशबाट मोहनसिंह साउत निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनले सातै प्रदेशका संयोजकसहित १६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया