माघ ५ गते राजीनामा दिदै बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आगामी माघ ५ गते पदबाट राजीनामा दिने भएका छन् ।
बालेनको सचिवालयको अनुसार उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा लड्ने गरी बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् ।


