२८ पुस २०८२, सोमबार | January 12, 2026

कांग्रेस का.वा.सभापतिको निवास क्षेत्रमा सुरक्षा बढाइयो


January 12, 2026
498
Shares

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको हो ।

कांग्रेसका महामन्त्रीद्ववय गगन थापाले र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् ।

कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् । विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ ।

 

प्रतिक्रिया