२८ पुस २०८२, सोमबार | January 12, 2026

गगन र विश्वप्रकाशसँग छलफल गर्न देउवाले खटाए २ नेता


January 12, 2026
83
Shares

काठमाडौँ । सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षसँग छलफल गर्न दुई नेतालाई जिम्मेवारी दिएको छ ।

विशेष महाधिवेशनको बन्दसत्र सुरु भएसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग संवाद र छलफलका लागि खटाइएको देउवा स्रोतले जनाएको छ ।
खड्का र लेखकले थापा र शर्मालाई संवादका लागि पटक पटक पहल गरेपनि छलफल हुन नसकेको बताइएको छ ।

थापा र शर्माले बोलाएको विशेष अधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सुरु भइसकेको छ। बन्दसत्रमा सहभागी हुन महामन्त्री शर्मा महाधिवेशनस्थल पुगिसकेका छन् ।

प्रतिक्रिया