महामन्त्रीद्धयसँग किन भेट्न मानेनन् देउवा ?
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेट्न समय नदिएको बताइएको छ ।
अपराह्न ५ बजेका लागि भेट्ने समय दिए पनि अन्तिममा आफूले नभ्याएको भन्दै शुक्रबार भेट्ने जानकारी देउवाले महामन्त्रीद्वयलाई गराएका थिए ।
उनीहरूसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि राखेर भेट्ने तयारी थियो, अन्तिममा एकाएक स्थगित गरियो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सभापति देउवाले नभ्याएकाले भेटघाट नभएको जानकारी दिए ।
उनले शुक्रबार सभापतिको अनुकूल समयमा महामन्त्रीद्वयसँग छलफल गर्ने बुझिएको छ ।


