४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

दबाबमा नपरि काम गर्न मन्त्री रिजालको निर्देशन


0
Shares

काठमाडौं, ३१ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कसैको दबाबमा नपरि काम गर्न निर्देशन दिनुभएको छ ।

आइतबार नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगम गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । “सचिब, महानिर्देशक या स्वयम् म आफैले पनि कुनै काममा दबाब दिए भने त्यो काम नगर्नु“ भन्दै मन्त्री रिजालले आफ्नो भविष्य बिगारेर कसैको पनि भनसुन सुनी काम गर्न नहुने स्पष्ट पार्नु भयो ।

कर्मचारीहरुलाई ईमान्दारीका साथ नियमपुर्वक काम गर्न हौसला दिदै मन्त्री रिजालले सेवाग्राहीलाई झन्झट रहित सेवा उपलब्ध गराउन समेत कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सेवाग्राहीको कागजपत्र नपुगेको खण्डमा तुरुन्तै अपुग कागजपत्र माग गरि तुरुन्तै सेवा दिन मन्त्री रिजालले निर्देशन दिनु भयो । सेवाग्राहीलाई दिने सेवा छिटोछरितो र स्वस्थ हुनु पर्नेमा मन्त्री रिजालले जोड दिनु भयो ।

आजै मन्त्री रिजालले खानी तथा भूगर्भ विभागको समेत अनुगमन गर्नु भएको छ । देशलाई समृद्धि तर्फ लैजाने गरी उपलब्धिमुलक काम गर्न हौसला दिदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न आग्रह गर्नु भयो । “हामि त आउछौ जान्छौ, तपाइँहरु स्थाई सरकार हो, हामीले त गाईड लाईन दिने हो, तपाइँहरु स्थाई रुपमा हुनुहुन्छ, काम गर्ने तपाईहरुले हो“ भन्दै मन्त्री रिजालले विभागलाई उपलब्धिमुलक बनाउने गरी काम अघि बढ्ने बिश्वास ब्यक्त गर्दै कर्मचारीलाई शुभकामना समेत दिनु भयो ।

प्रतिक्रिया