९ पुस २०८२, बुधबार | December 24, 2025

शेखरलाई रविन्द्र मिश्रको पत्र : यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईलाई सुहाउँदैन


December 24, 2025
581
Shares

काठमाडौं,९ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले खुला पत्रमार्फत यही पाराले राजनेता बन्न नसक्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मिश्रले बुधबार कोइरालालाई यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति नसुहाउँने पनि बताएका छन् ।

हेर्नुहोस् मिश्रले कोइरालालाई लेखेको खुला पत्र

डा। शेखर कोइरालालाई अलि खरो ९-बुँदे खुलापत्र१
पहिले, उहाँको भनाइस्
(- देशलाई अभिभावकको खाँचो छ।
( -देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा छ।
( -राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बच्दैन।
( -प्रजातन्त्ररलोकतन्त्र ुछाडातन्त्रु भइसकेको छ।
अब मेरो अलि खरो पत्र
पत्रको शुरू नै यसरी गरौँ (( देशको अवस्था त्यति खराब छ भने, तपाईँ ूगर्न सक्नेू ठाऊँमा भएको मान्छे, के हेरेर बस्नुभएकोरु
कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँ समेत ग्रस्त भएको देख्दा, मेरो तपाईँप्रतिको सम्मानमैँ प्वाल पर्न लागिसक्यो, जुन म चाहन्न।
१( वीपी कोइरालाको सच्चा अनुयायी भएर तपाईँ सबैभन्दा माथि देशलाई राख्ने कि पदलाईरु के वीपीले त्यही सिकाएका थिए तपाईँलाईरु ३विचारभन्दामाथिदेश लाई राखेका होइन, वीपीलेरु
२( चुनावमा नयाँ(नयाँ मिले भने खुब बन्नुहोला तपाईँ प्रधानमन्त्री१ सबै नयाँ नमिल्दा त तपाईँको पालो नआउला जस्तो देख्खिसक्यो। तपाईँचाहिँ ुआकाशको फलु हेरेर जहिले पनि ल्याङल्याङ कुरा गरेर बसिराख्नोस्।
३( वीपीजस्तै राजनेता हुनेभए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नोस्, ुयो, यो, योु कारणले देश र काँग्रेसलाई ुवीपीपथु मा लैजानै पर्ने भयो भन्नुस्। प्रचण्डको कमिजको फेर समातेर नबस्नोस्। तपाईँ सहजताका साथ कांग्रेस सभापति र प्रधानमन्त्री दुबै बन्नुहुन्छ।
४( प्रचण्डमार्गी काँग्रेसी, भूराजनीतिमा पोख्त छिमेकीले के भन्छन् र सभापतिरप्रधानमन्त्री बन्न पाउँलारनपाउँला भनेर सोच्न छोडिदिनोस्।
५( छिमेकीले पनि जेन(जी विद्रोहपछि नेपालमा राजसंस्था भएन भने त्यसको असर अब उनीहरूलाई समेत पर्छ भन्ने अलिअलि बुझिसके। अब केही समयमा पुरै बुझ्नेछन्। अनि त्यसपछि तपाईँ ूमैले त राजालाई पूर्वराजा भन्दिन भनेकै थिएँ निू भन्दै लुरूक्क परेर ३मार्गपरिवर्तन गर्ने होला, होइनरु
६( यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छरु यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिङ्गो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो। तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको मायाँरु
७( देश यस्तो अवस्थामा पुग्दा पनि कोइरालाको रगत र वीपीको आस्था बोकेको मान्छेको हालत यस्तो देख्दा मलाई दुख लागेको छ१
८( देश नवीन समझदारीमा जाने लगभग निश्चित छ। गएन भने विस्तारै या अनपेक्षितरूपमा, तपाईँले नै भने झैँ, ३अस्तित्वको संकट मैँ जाने हो। त्यसैले, ठूलो, र वीपीको दलको नाताले नवीन समझदारी को नेतृत्व गरेर राजनेता बन्नोस्। होइन भने प्रचण्डको फेर समातेर हल्लिरनोस्१ विराटनगर गएर ूके सोचेँ मैले, के भयो अहिलेू भनेर गीत गाएर बस्नोस्।
९( कि प्रष्ट भन्नुस्, म प्रचण्डवादी हुँ भनेर, कि प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर। यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन।
यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन। बाँकी तपाईँको इच्छा१
तपाईँको शुभचिन्तक
रवीन्द्र मिश्र

प्रतिक्रिया