नेपाली समाज टेक्ससको मतदान सुरु
काठमाडौं,२७ मंसिर । संयुक्त राज्य अमेरिकामा सञ्चालित नेपाली संस्थाहरूमध्ये सबैभन्दा ठूलो संस्था, नेपाली सोसाइटी अफ टेक्सास (एनएसटी) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
विभिन्न १६ पदका लागि बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ७ बजेसम्म जारी रहनेछ ।
एनएसटीको अध्यक्ष,वरिष्ठ उपाध्यक्ष,खुल्ला उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव,सचिव,कोषाध्यक्ष, सह–कोषाध्यक्ष, विद्यार्थी तथा युवा संयोजक र कार्यसमिति सदस्यहरु गरी १६ पदका लागि मतदान भइरहेको हो ।
एनएसटीको सदस्यहरुले आफ्नो सक्कली परिचयपत्रको आधारमा मतदान गर्न पाउनेछन् । १६ पदका लागि दुई प्यानलबाट ३२ जना र एक स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको अमेरिकाबाट हरि सुबेदीले जानकारी दिए ।



