भोजपुरबाट उमेशजंगसहित ६ जनाको नाम सिफारिस, को–को परे ?
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ उमेशजंग रायमाझी, बालकृष्ण थापा, माया राई,बाबुराम बस्नेत, नारायणबहादुर राउत र दिनेश कार्कीको नाम कोशी प्रदेश समितिमा पठाइएको हो ।
यसैगरी, समानुपातिकतर्फ नन्दमणि राई, नारायणबहादुर कार्की, वीरबल राई, धर्मराज राई, सिसिरा राई, निर्मला खड्का, कृष्णबहादुर खड्का र गणेश राईलाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खुल्लामा उत्तमकुमार चापागाईँ, दलिततर्फ रोहित विश्वकर्मा र निरकुमार विश्वकर्माको नाम सिफारिस गरिएको छ ।


