३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मनकामना माताले सबैको रक्षा गरुन, कस्तो रहँला तपाईको दिन हेरौं राशिफल


0
Shares

काठमाडौं, ३१ वैशाख । आज आइतबार १४ मे २०२३ । आज मेष र वृष लगायतका केही राशि भएका व्यक्तिहरुलाई केहि क्षेत्रमा लाभ मिल्नेछ ।

मेष राशि
आज तपाईको दिन राम्रो रहनेछ, तपाईलाई केहि आवश्यक कामको लागि बाहिर जानु पर्न सक्छ। कार्यक्षेत्रमा कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापारमा लाभ हुनेछ । आर्थिक अवस्था मजबुत रहनेछ । परिवारमा शुभ कार्यक्रम हुनेछ । स्वास्थ्य राम्रो रहनेछ।

वृष राशि
आज तपाईको समय राम्रो रहनेछ। आकस्मिक धन लाभ हुनेछ । कार्यस्थलमा मान सम्मान मिल्नेछ । व्यापार–व्यवसायमा नयाँ साझेदारीले ठूलो कामको थालनी गर्न सक्छ । प्रियजनको माया र स्नेह प्राप्त हुनेछ । पत्नीको स्वास्थ्यमा चिन्ता रहनेछ।

मिथुन राशि
आज तपाई कुनै विपत्तिमा फस्न सक्नुहुन्छ । व्यर्थको बहसमा नपर्नुहोला । वाणीमा संयम राख्नुहोस् र व्यापारमा कुनै नयाँ काम सुरु नगर्नुहोस्। आर्थिक जोखिम नलिनुहोस्। परिवारका सदस्यहरूसँग मनमुटाव बढ्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

कर्कट राशि
आज बाहिर यात्रामा जानु भयो भने सावधान रहनु होला । आज कुनै पनि नयाँ सवारी साधन खरिद नगर्नुहोस्। परिवारमा कसैको स्वास्थ्यको बारेमा चिन्तित रहनेछ। अत्याधिक कामका कारण शारीरिक पीडा र तनाव रहनेछ। सोचेर व्यापारमा पैसा लगानी गर्नुहोस्।

सिंह राशि
आज पुराना रोकिएका काम पुरा हुनाले मन प्रसन्न रहनेछ । कार्यस्थलमा प्रियजनको सहयोग प्राप्त हुनेछ। निजी क्षेत्रमा काम गर्ने व्यक्तिले पदोन्नति पाउन सक्छन्। पत्नीको सहयोग मिल्नेछ । पुरानो साथीसँग भेटघाट हुनेछ । नयाँ कार्यको थालनीमा विशेष व्यक्तिको सहयोग प्राप्त हुनेछ।

कन्या राशि
आज तपाईको अनुहारमा खुशी छाउनेछ। आज तपाईले काममा लगाएको कडा परिश्रममा सफलता देख्नुहुनेछ। व्यवसायमा कसैलाई धेरै विश्वास गर्नु तपाईंको लागि जोखिमपूर्ण हुन सक्छ। प्रियजनको सहयोग प्राप्त हुनेछ र पुरानो विवादको अन्त्य हुनेछ।

तुला राशि
आज स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । खाना र पेय पदार्थमा नियन्त्रण गर्नुहोस् र कतै बाहिर नजानुहोस्। कसैलाई ठूलो रकम ऋण नदिनुहोस्। व्यापारमा पुरानो सहयोगीका कारण घाटा बेहोर्नु पर्नेछ । बहसबाट टाढा रहनुहोस्। बोलीमा संयम राख्नु होला । पत्नीसँग मनमुटाव बढ्न सक्छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध मधुर बनाउनुहोस्।

वृश्चिक राशि
आज दुर्घटनाको सिकार बन्न सक्छ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला । चिनजानको दुःखद समाचार प्राप्त हुनेछ। पारिवारिक जीवनमा प्रियजनहरूसँग मतभेद उत्पन्न हुन सक्छ। व्यापार–व्यवसायमा ठूलो जोखिम नलिनुहोस्। आफ्नो र श्रीमतीको स्वास्थ्यको ख्याल गर्नु होला ।

धनु राशि
आज धार्मिक यात्रा आदिमा जान सकिनेछ । आज तपाईको मन प्रशन्न रहनेछ र परिवारमा शुभ कार्य हुनेछ। मन अध्यात्मतर्फ आकर्षित हुनेछ। स्वास्थ्यमा केही उतारचढाव आउनेछ। व्यापार व्यवसायमा नयाँ काम हात लाग्नेछ । नयाँ गाडी वा घर आदि किन्न सकिनेछ।

मकर राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। अदालत र प्रशासनिक कार्यमा सफलता मिल्नेछ। पुरानो विवादको अन्त्य भएपछि मन प्रसन्न रहनेछ। व्यापार व्यावसायमा विशेष व्यक्तिको सहयोगले नयाँ काम हात लाग्नेछ, जसबाट लाभ मिल्नेछ ।

कुम्भ राशि
आज तपाई आफ्नो स्वास्थ्यको बारेमा चिन्तित रहन सक्नुहुन्छ, जसका कारण तपाईको मन अशान्त रहनेछ। परिवारका सदस्यबाट मनमुटाव हुनेछ, आज वादविवादमा नपर्दा राम्रो हुनेछ। अन्यथा, तपाईंले अपमानको सामना गर्नुपर्ने हुन सक्छ। व्यापार व्यवसायमा उतारचढाव आउनेछ । आज काममा बाधा आउनेछ ।

मीन राशि
ककआज सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। विशेष कामका कारण आफन्तसँग वादविवाद हुनसक्छ । व्यापारमा नयाँ लगानी वा नयाँ साझेदारीको बारेमा राम्ररी सोच्नुहोस्। निजी कर्मचारीहरुको उनीहरुका अधिकारीहरुसँगको सम्बन्ध बिग्रन सक्छ । परिवारमा कसैको स्वास्थ्य अचानक बिग्रन सक्छ।

प्रतिक्रिया