२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ओलीले गरे संघीयता विरोधी गतिविधि गर्ने महेश बस्नेत र गोकुल बाँस्कोटाको आलोचना


0
Shares

काठमाडौं, ३० वैशाख । अन्य दिनको भन्दा आज शनिवार नेकपा एमालेको बैठक फरक देखियो । अध्यक्ष केपी शर्मा ओलीले आफ्नै विश्वासपात्र मान्दै आएका महेश बस्नेत र गोकुल बाँस्कोटाको आलोचना गरे ।

ओलीले बस्नेत र बाँस्कोटाले उठाएका संघीयताविरोधी गतिविधि पार्टीको लाइन भन्दा बाहिर रहेको समेत बताए । उनले पार्टीमा राखिएको संघीयता विरोधी बन्ने सुझाव छलफलको विषय नै नभएको बताए ।

ओलीले संघीयता विरोधी मुद्या एमालेको हुनै नसक्ने बताएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनले एमाले संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने निर्णय भएको समेत बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई सजग रहन आग्रह समेत गरेको रिजालले बताए ।

शुक्रवारको बैठकमा एमालेको ओलीनिकटस्थ नेताहरु महेश बस्नेत र गोकुल बाँस्कोटाले पार्टीले संघीयता खारेजीको एजेण्डा अँगाल्नुपर्ने सुझाव दिएका थिए । यो एमालेभित्र नभई बाहिर पनि चासोको विषय बनेको थियो ।

नेपालमा २०७२ मा संविधानसभाले संघीयता, धर्मनीरपेक्षता र गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान निर्माण गरेको हो । तर, पछिल्लो समय नेपाली काँग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरु नै यसको विरोधी देखिन थालेका छन् ।

प्रतिक्रिया