२६ पुस २०८२, शनिबार | January 11, 2026

जनक भण्डारी समुहका वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. चण्डी भण्डारी को हुन् ?


December 11, 2025
415
Shares

संयुक्त राज्य अमेरिकामा सञ्चालित नेपाली संस्थाहरूमध्ये सदस्यताका हिसाबले सबैभन्दा ठूलो संस्था, नेपाली सोसाइटी अफ टेक्सास ९एनएसटी० को नयाँ नेतृत्वको लागि १३ डिसेम्बरमा निर्वाचन हुँदैछ ।

सन् १९९८ देखि सक्रिय रूपमा सञ्चालन भइरहेको एनएसटीको २०२६–२०२७ नेतृत्वको लागि आ–आफ्नो प्यानलसहित वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र महासचिव विजय भुसाल चुनावी मैदानमा छन् ।

भण्डारी समूहबाट वरिष्ठ उपाध्यक्षमा डा। चण्डी भण्डारीउम्मेदवार घोषणा गरिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा उमेरद्वारी दिएका डा.चण्डी भण्डारीको नाम प्राय टेक्सास बाशीले सुनेकै नाम हो । सरल, मिजासिलो, सहयोगी भन्डारी नेपालको स्याङ्जा चापाकोट नगर पालिका १० जन्मिएका हुन् । उनी २०१२ मा अध्ययन कै लागी अमेरिका प्रवेश गरेका थिए ।

उनले ४ वटा विषयमा मास्टर्स डिग्री र एक विषयमा पीएचडी उपाधि हासिल गरेका छन् । एनआरएनए टेक्सासको महासचिव भएर काम गरिसकेका चण्डी भण्डारीले सेकेन्ड जेनेरेसनको लागि १३ वटा काम छुट्टै लक्ष्य बनाएर गरिसकेका छन् ।

अमेरिकन एयर फोर्समा काम गरिसकेका भण्डारी हाल माइक्रोसफ्ट मा ए आइ साइन्टिक्स मा कार्यरत छन। भण्डारी भन्छन–हामी देशकै सेवा गर्ने,नेपालीहरुको सेवा गर्छु भन्दा सबै नेपालीले आँखा चिम्लिएर जिताउछन भन्नेमा म ढुक्क छु ।

प्रतिक्रिया